काठमाडौं, १ असोज। राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक–पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो ।
राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको पटक पटकको छलफल पछि एकीकृत पार्टीको निर्वाचन चिह्न ‘हलो’ र झन्डामा ‘गाई’ राख्ने सहमति भएको हो ।
जसअनुसार अब चिह्न एकताअघि राणा समूहले मान्दै आएको ‘हलो’ तथा झन्डा एकताअघि कमल थापा नेतृत्वको राप्रपाले मान्दै आएको ‘गाई’ अंकित हुनेछ । पार्टी एकता हुँदा भने ६ महिनाभित्र चिह्न तय गर्ने सहमति गरिएको थियो । आजको राजधानी दैनिकमा महेश्वर गौतमले सामचारले लेख्नु भएको छ ।







