सरकार अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ : प्रधानमंत्री ओली !

फाइल फोटो

काठमाडौँ, काठमाडौंमा बुधबार सुरु भएको राष्ट्रिय विकास परिषदको बैठकमा बोल्दै प्रधानमंत्री के.पी ओलीले सरकार अधिनायकवादको बाटोमा नभई समाजवादको बाटोमा हिँडिरहेको दावी गरेका छन् ।

उनले भने, ‘ सरकार अधिनायकवादी होइन, समाजवादी बाटोमा र अझ बढी लोकतन्त्रतिर अघि बढ्दैछ । समतामूलक समाज निर्माण गर्न तिब्र गतिका साथ अघि बढ्दैछ, यस अवसरलाई हामी कसैले पनि तलमाथि गर्नु हुँदैन । ‘

उनले प्रतिपक्ष दल काँग्रेसलाई सचेत गराउँदै सरकार अधिनायकवादी भयो भनेर झुटो प्रचार गरिरहे जनताले विश्वास नगर्ने पनि बताए । साथै उनले सरकारले पाँच वर्षभित्र मुलुकबाट भोकमरी अन्त्य गर्ने गरी काम गर्ने र त्यसको निम्ति आवश्यक योजना बनाउन सुझाव दिन पनि सबैलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले परिषद बैठकमा २५ वर्षीय दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदामा देखिएको कमीहरुलाई हटाई मुलुकलाई समृद्ध बनाउने अभियानमा जुट्न सबैलाई आह्वान गरेका छन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया