नेपाली कांग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्यमंत्री गगन थापाले करोडौँको घोटाला गरेको खुलासा !

फाइल फोटो

काठमाडौँ, नेपाली कांग्रेसका युवा नेता, पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभाका सांसद गगन थापाले करोडौँ रुपैयाँ घोटाला गरेको खुलासा भएको छ ।

उनले आफु मन्त्री भएको समयमा औषधि खरिदमा आफू मातहतको औषधि व्यवस्था विभागलाई करोडौँ रुपियाँ घोटाला हुने गरेर काम गर्न अनुमति दिएको खुल्न आएको छ । नेपाल औषधि आयातकर्ता संघले काठमाडौँमा पत्रकार सम्मेलन यो कुरा बताएका हुन् ।

विज्ञप्तीमा भनिएको छ, ‘ औषधि व्यवस्था विभागले हेपेटाईटिस ‘सी’ को औषधिको पटके आयात सिफारिस दिने क्रममा दुई आयातकर्ताहरूले प्रतिबट्टा (२८ ट्याब्लेट) क्रमशः २८ हजार ५ सय र ३३ हजार ७ सय ५० मा उपलब्ध गराउन सक्ने दाबी गर्दै आबेदन दिएकोमा नियम मिच्दै र मन्त्री गगन थापाको नाराकै खिल्ली उडाई प्रतिबट्टा ३३ हजार ७ सय ५० मा बेच्ने दाबी गर्ने व्यवसायीलाई प्रतिबट्ट रु ४० हजारमा बेच्ने गरी स्वीकृति दिएको निर्णयबारे हामीले मन्त्रीको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई भएन । ‘

‘ स्वास्थ्यमन्त्री थापा स्वदेशी औषधि उद्योगीहरूको दवावमा आई गठन गरेको कार्यदलको प्रतिवेदनलाई नै आधार मानेर लगभग ३५ प्रकारका गुणस्तरीय औषधिको आयातमा समेत रोक लगाउने खालको घातक निर्णय भएको भन्ने जानकारी प्राप्त हुन आएकोमा घोर आपत्ति जनाउँदै निर्णय नसच्याएसम्म र आयातकर्ताको १५ बुँदे माग पूरा नभएसम्म चरणबद्ध आन्दोलन गर्ने निर्णय भएको छ ‘ संघको विज्ञप्तीमा उल्लेख छ ।

साथै संघले स्वदेशी औषधि कम्पनीहरूको दवावमा मन्त्री थापाले कमिशन लिएर औषधि आयातकर्ताहरूलाई सस्तोमा औषधि बिक्री नगर्न दवाव दिएको आरोप समेत लगाएको छ ।

सांसद थापाले आयात हुने कतिपय औषधिममा ४ सयदेखि २२ सय प्रतिशतसम्म औषधि आयातकर्ताहरूले मुनाफा लिने गरेको आरोप लगाए पश्चात त्यसको खण्डन गर्दै औषधि आयातकर्ताहरूले आफूहरूले औषधि व्यवस्था विभागले तोकेको दररेटमा मुनाफा लिएको बताएका छन् ।

स्वास्थ्यमन्त्री थापाले जनतालाई सस्तो दरमा गुणस्तरीय औषधि उपलब्ध गराउने सस्तो, चर्को र कर्णप्रिय नारा लगाएर गरिव जनताको भावनासँग खेलवाड गरेको संघका अध्यक्ष अञ्जन पुडासैनीले बताएका छन् ।

स्वदेशी औषधि कम्पनीहरूको महँगो औषधिलाई बढावा दिन स्वास्थ्यमन्त्री गगन थापाले सीमित व्यवसायीहरूको हितका लागि निर्णय गरेको पनि उनले आरोप लगाएका छन् ।

यस्तैमा स्वास्थ्य सेवा विभागको जिम्मेवारी पाएका डा सुशील प्याकुरेलले आज टेकुस्थित विभागमा पदबहाली गरेका छन् । मन्त्रालयले लामो समयपछि तोकिएको योग्यता पूरा भएका व्यक्ति डा प्याकुरेललाई असार १५ गते महानिर्देशकको जिम्मवारी दिएको हो । नियमानुसार १२औं तहकै कर्मचारी महानिर्देशक हुनेछन् । राजनीतिक पहुँचका आधारमा कनिष्ठहरु ‘हाकिम’ हुने गरेका समयमा डा प्याकुरेल १२औं तहमा बढुवा भएपछि मन्त्रालय आएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया