राष्ट्रियसभा बैठक आज दिउँसो १:१५ बजे संघीय संसद् भवनमा बस्ने तय भएको छ। बैठकको कार्यसूचीअनुसार विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहाल ले “तिलगंग नेत्र विश्वविद्यालय विधेयक, २०८१” सम्बन्धी समितिको प्रतिवेदन संसदमा पेस गर्नेछिन्।
संसद सचिवालयका अनुसार बैठकमा अन्य समसामयिक विषयहरूबारे पनि छलफल हुन सक्ने सम्भावना रहेको छ। यो विधेयक पारित भएमा तिलगंगा नेत्र अस्पताललाई विश्वविद्यालयमा स्तरोन्नति गर्ने कानुनी आधार तयार हुनेछ।

तपाईंको विचारमा नेपालमा यस्ता विषयगत विश्वविद्यालयहरूको स्थापना आवश्यक छ कि छैन? यो विधेयकले स्वास्थ्य शिक्षामा कस्तो प्रभाव पार्न सक्छ?







