काठमाडौं, १९ असार,काठमाडौं महानगरपालिका-७ चावहिलबाट नक्कली सवारी चालक अनुमतिपत्र बनाउने विभिन्न सामान सहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं तिलगंगा बस्ने ३८ वर्षीय राधेश्याम नगरकोटी, काठमाडौं चावहिल बस्ने सिन्धुपाल्चोक सानो सिरुवारी घर भएका ३८ वर्षीय राजेश कुमार श्रेष्ठ र काठमाडौं कलंकी बस्ने रामेछाप, रामेछाप नगरपालिका-५ घर भएका ४० वर्षीय मुनाल कुमार मोक्तान रहेका छन् ।

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले नक्कली सवारी चालक अनुमतिपत्र, कम्प्युटर प्रिन्टर १ थान र चालक अनुमतिपत्र बनाउन प्रयोग हुने पेपर र यातायात व्यवस्था विभागको नगदी रसिद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेहरुको विवरण यस्तो छ
१. नाम :- राजेश कुमार श्रेष्ठ
उमेर :- ३८ वर्ष
ठेगाना :- जिल्ला सिन्धुपाल्चोक सानो सिरुबारी गा.पा. वडा नं २
हाल :– जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ७ चाबहिल
२. नाम :- मुनाल कुमार मोक्तान
उमेर :- ४० वर्ष
ठेगाना :- जिल्ला रामेछाप रामेछाप न.पा. वडा नं ५
हाल :– जिल्ला ललितपुर धोबीघाट
३. नाम :- राधेश्याम नगरकोटी
उमेर :- ३८ वर्ष
ठेगाना :- जिल्ला काठमाण्डौं का.म.न.पा. वडा नं ८ तिलगंगा
४. नाम :- रुपेन्द्र दर्जी
उमेर :- २७ वर्ष
ठेगाना :- जिल्ला काठमाण्डौं कागेश्वरी मनहरा न.पा. वडा नं १







