मिति २०७६/०४/०३ गते बेलुका अं.१९:०० वजे जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.१० गंजभवानिपुर स्थित सडकमा सवारी साधन चेकजाँचको क्रममा जिल्ला बारा कलैया उप महानगरपालिका वडा नं.२ पकडी टोल बस्ने बिर बहादुर रामले चलाई आएको ना.१४ प ९०४४ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा मो.सा.को लेगार्डमा झुण्डियाई राखेको प्लाष्टिकको झोला र कालो ब्याग भित्र अवैध लागु औषध गाँजा २१ किलो ग्राम फेला पारेको छ / लागु औषध गाँजा र मोटरसाईकल सहित पक्राउ परेका बिर बहादुर लाइ लागु औषध मुद्दामा सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको छ ।
अवैध लागु औषध गाँजा सहित मानिस पक्राउ ”







