काठमाडौँ, नेत्रविक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेकपाले फाल्गुन ३० गते नेपाल बन्दको घोषणा गरेको छ । ‘वीप्लब’ नेकपाले फाल्गुन २४ गते एक प्रेस विज्ञप्ती जारी गर्दै आफूहरूलाई लागेका झुटा मुद्दा, कपिलवस्तु गोली काण्ड, पार्टी नेता, कार्यकर्ता गिरफ्तारी, देशका विभिन्न जील्लामा आफूहरु विरुद्ध भएका अप्रेशनका विरुद्ध नेपाल बन्दको आवहान गरेको छ ।
उक्त विज्ञप्तीमा लेखिएको छ, ‘केपी-प्रचण्ड सरकारले केही समयदेखि देशभरि फासिस्ट दमन अभियान तीव्र बनाएको छ । दमनका क्रममा २३ गते बिहान ५ बजे कपिलवस्तु शिवराज नगरपालिका वडा नं ९ को अञ्चलपुरका युवक दुर्गाबहादुर रोकालाई घरबाट समातेर चौकीमा पुर्याई पुनः सुन्दरीडाँडा जङ्गलमा लगेर गोली हानी घाइते बनाएको छ भने देशभरिबाट केन्द्रीय सदस्य कमरेड बन्धु चन्द, किसान सङ्गठनका अध्यक्ष राजु कार्कीसहित सयौँ नेता–कार्यकर्तालाई गिरफ्तार गरेको छ । गाउँगाउँमा सङ्कटकालको झल्को दिने गरी छापामार्ने, गिरफ्तार गर्ने, यातना दिने झूट्टा मुद्दा लगाउने कार्य गरिरहेको छ । हाम्रो पार्टी यो रक्तपिपाशु दमनको घोर भत्र्सना गर्दछ । साथै घाइते कमरेड दुर्गा रोकाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यी सम्पूर्ण राज्यआतङ्क, दमन, गोलीकाण्ड, गिरफ्तारी, झूट्टा मुद्दाप्रति सबै राजनीतिक शक्ति, मानवअधिकार, नागरिक समाज, बुद्धिजीवीको ध्यान जाओस् भन्ने आग्रह गर्दछौँ ।’…