काठमाडौँ / नेकपा एमाले अध्यक्ष केपी ओलीले मतदान गरेको वडामा नेपाली काँग्रेस विजयी भएको छ ।
सूर्यविनायक नगरपालिका २ बालकोटबाट नेपाली काँग्रेसका प्रदीप कार्कीको प्यानल नै विजयी भएको हो ।
कार्कीले १ हजार ५११ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्धन्द्धी एमालेका विश्वराज विष्टले १ हजार ३०५ मत प्राप्त गरे।