‘प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन’, जनार्दन शर्मा

काठमाडौँ, पुर्व गृहमंत्री नेकपाका नेता जनार्दन शर्माले सरकार र विप्लब दुवै गलत भएको बताएका छन् । सरकारले खोजेको प्रतिबन्धको बाटो पनि गलत र विप्लबले रोजेको हिंसाको बाटो पनि गलत भएको बताउँछन् नेता शर्मा ।
सरकारले हाल मात्रै विप्लब माथि लगाएको प्रतिबन्ध र विप्लबले बढाएको आतंकको कारण नेकपा भित्रै विवाद बढिरहेको बेलामा नेता शर्माले दुवैको कार्यशैली माथि आपति जनाएका छन् ।
शर्माले ट्विटर मार्फत दुवै पक्षलाई संविधान भित्रै रहेर समाधान खोज्न आग्रह गरेका छन् । उनि ट्विट गर्छन्, ‘ प्रतिबन्ध समाधान होइन, बम पडकाउनु त झन हुँदै होइन । चाहिएको समाधान हो । संविधान भित्रै मत,जनमत र अभिमत मार्फत खोजौं आ–आफना समाधान ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया