भरतपुरमा रेणुको १२१ को अग्रता ६८ मा झर्‍यो !

काठमाडौं । भरतपुर महानगरपालिकाको पछिल्लो गणनाअनुसार गठबन्धनतर्फकी मेयर उम्मेदवार नेकपा माओवादीकी रेणु दाहाल ६८ मतले अगाडि छिन् ।

उनले १३७३ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले १३०५ मत प्राप्त गरे । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको ४७० मत छ ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १५४२, राप्रपाकी हिमला गुरुङले १०३५ मत ल्याएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया