गर्मी धेरै बढ्यो, नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस

बिहीबार दिउँसो नेपालगञ्जको तापक्रम ४३ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गएको वर्ष नेपालगन्जमा वैशाख २६ गतेको अधिकतम तापक्रम ३६ दशमलव ७ डिग्री सेल्सियस थियो । पानी नपर्दा नेपालगञ्जसहित देशभरी कै तापक्रम बढेको हो । यस्तै बिहीबार धनगढीको तापक्रम ४२ दशमलव २ डिग्री सेल्सियस, दिपायलको ४० दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाण्डौको तापक्रम ३१ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।

शुक्रबार पश्चिममा पश्चिमी वायु प्रवेश गर्ने भएकाले पश्चिमी क्षेत्रको मौसम बदली हुने मौसमविद्ले बताएका छन् । मौसम बदली भएसँगै बढ्दै गएको तापक्रम थोरै घट्ने मौसमविद् वरुण पौडेलको अनुमान छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया