काठमाडौँ ११ असाेज । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार पाँच सय ७३ जनामा कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा उपत्यकामा ८ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार काठमाडौंमा ६ सय ३३, ललितपुरमा १ सय ४ र भक्तपुरमा ७२ जना रहेका छन् । २४ घन्टामा १० हजार १ सय २३ पीसीआर परीक्षण गरिएको छ । मन्त्रलायका अनुसार आइतबार ८८५ जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १० जनाको निधन भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको मन्त्रलायले जनाएको छ । यसअघि शनिबार नेपालमा ८ जना कोरोना सङ्क्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।







