सोमबार आव्हान गरिएको नेपाल बन्द आफ्नो नभएको विप्लबको दावी !

फाइल फोटो

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी माओवादीको नामबाट वैशाख २३ गते नेपाल बन्दको आव्हान गरिएको विज्ञप्ति जारि गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज सगुनले गत बिहिबार एक विज्ञप्ति जारी गरि पार्टीले गरेको नेपाल बन्दको दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आग्रह समेत गरेका थिए ।

तर नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्नियुष्ट पार्टी(नेकपा) ले भोलि सोमबार आव्हान गरिएको नेपाल बन्द आफ्नो पार्टीको नभएको बताएको छ ।

विप्लबको केन्द्रिय कार्यालयले नेपाल कम्युनिष्ट पार्टी माओवादीको नामबाट नेपाल बन्द आव्हान गरिएको विज्ञप्ति जारी भएपछि आफ्नो पार्टीको बन्द भनि भ्रम परेको हुनाले उक्त बन्द नेकपाको नभएको स्पष्ट पारेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादीको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज सगुनद्वारा जारी उक्त विज्ञप्तीमा भनिएको छ, ‘ सरकारले नेपाली जनताको आँखामा छारो हालिरहेका छन् । जनतामा युद्धको भारी बोकाउने चलखेल गरिरहेका छन् । कानुनलाई मुठिमा लिएर दमनकारी फाँसीवादी चरित्रहिन व्यवहार गरिरहेका छन् । जनतमाथि गरिएको चरम दमन, प्रतिबन्ध र जनताका जनजीवीका राष्ट्रियता र दलाल सरकार क्रियाकलापविरुद्ध वैशाख २३ गते नेपाल बन्दको आह्वान गरेको हुँदा उक्त दिन प्रदेश ३ र ४ का सबै जिल्लाहरु बन्द गरी सहयोग गरिदिन आह्वान गर्दछौँ । साथै बन्द उल्लंघन गरेको पाइएमा बन्द गर्दा कुनै अप्रीय घटना घटेमा त्यसको जिम्मेवार पार्टी हुनेछैन । ‘

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया