अस्पतालले मृ*त घोषित गरेको युवक अन्तिम संस्कार गरि रहँदा जिवित भएपछी…

फाइल फोटो

एजेन्सी, उत्तरप्रदेशको राजधानीमा अस्पतालले मृ*त घोषित गरेका युवकलाई चिहानमा गाड्न लाग्दा जिवित पाइएको छ । शवलाई चिहानमा राख्दै गर्दा परिवारका केही सदस्यले उनको शरीरमा हलचल देखेपछि उनलाई तत्काल अस्पताल पुर्याइयो । हाल उनको उपचार भैरहेको छ ।

२१ जुनमा एक दुर्घटनामा परि घाइते भएका २० वर्षका मोहम्मद फुरकानलाई उपचारको लागी एक निजि अस्पतालमा भर्ना गरिएको थियो । सोमबार डाक्टरले उनलाई मृत घोषित गरि पठाएको थियो ।

आज भाइको यो अवस्था देखेर दाई मोहम्मद इरफान अप्रत्यासित भन्दै भन्छन्, ‘ परिवारलाई विश्वास भइरहेको छ । हामीले हाम्रो भाइ फिर्ता पायौं । ‘

उनले भने, ‘ भाइको उपचारका लागि निजी अस्पताले परिवारसँग सात लाख भारु लिइसकेका थिए । जब हामीले उनलाई हामीसँग पैसा नभएको बतायौं तब सोमबार फुरकानलाई मृत घोषित गरियो । अहिले उनलाई भेन्टिलेटर सपोर्टमा राखिएको छ । ‘

‘ हामीले मामलाबारे जानकारी लिँदै यसको अनुसन्धान थालेका छौं ‘ लखनउका मुख्य मेडिकल अधिकारी नरेन्द्र अग्रवालले भने ।

फुरकानको उपचार गरिरहेका डाक्टर भन्छन्, ‘ बिरामीको स्थिती गम्भीर छ तर उनी निश्चित रुपमा ब्रेन डेड छैनन् । उनको नाडी, रक्तचाप र दिमागले काम गरिरहेको छ । उनलाई भेन्टिलेर सपोर्टमा राखिएको छ । ‘

फेसबुकबाट तपाईको प्रतिक्रिया