चालक निदाए पछि आठ जनाको मृत्युहुने गरी बस दुर्घटना ! ३६ जना घाइते !

सांकेतिक तस्विर

१७ फागुन – इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।
इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन्। ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताउनुभयो । (रासस/सिन्ह्वा)
सांकेतिक तस्विर

फेसबुकबाट तपाईको प्रतिक्रिया