पर्सा,१४ कार्तिक । पर्साको बिन्दवासी गाउँपालिका कमिटी सचिव मुकेश चौरसीयाको हत्यामा संलग्नविरुद्ध जाहेरीसहितको निवेदन बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता भएको छ।
चौरसीयाको हत्या भएको आठौं दिनपछि बिहीबार जाहेरी दर्ता भएको हो । उक्त जाहेरी मृतकका भाइ महेश चौरसीयाले दर्ता गराएका हुन् । जाहेरीमा घटनामा संलग्न १२ जनाविरुद्ध कारवाहीको माग गरिएको छ ।
यसअघि प्रहरीले हत्यामा संविधानसभाका पूर्वसदस्य एंव नेकपाका नेता राजकुमार गुप्ताको नाम रहेको भन्दै जाहेरी दर्ता गर्न मानिरहेको थिएन । प्रहरीले सिधै जाहेरी लिन नमानेपछि बिहीबार सरकारी वकिलको कार्यालयमार्फत जाहेरी दर्ता भएको हो। जाहेरीमा नेता राजकुमारको सहित १२ जनाको नाम उल्लेख छ। अन्नपूर्ण दैनिकमा क्रान्ति शाहले लेख्नु भएको समाचार प्रकाशित छ ।







