कोरोनाबाट थप १७ जनाको मृत्यु, ३ हजार भन्दा धेरै कोरोना संक्रमण मुक्त

काठमाडौँ, १३ कार्तिक । पछिल्लो २४ घण्टामा देशभर २ हजार ३६४ जना संक्रमित भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ।

यसैगरी आज ३ हजार ३० जना कोरोना संक्रमणमुक्त  भएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या १ लाख २४ हजार ८ सय ६२ पुगेका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभर कुल संक्रमितमध्ये ३८ हजार ९ सय ५२ जना सक्रिय संक्रमित छन्।

कोरोनाको आशंकामा गत २४ घण्टामा ९ हजार ७ सय ६९ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै पिसिआर परीक्षण हुनेको संख्या १४ लाख १९ हजार ६४ पुगेको छ। हाल क्वारेन्टाइनमा २ हजार ६ सय ८९ रहेको मन्त्रालयले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया