प्रिन्स पुष्पलाल स्मृती ब्याडमिन्टनको फाईनलमा

काठमाडौँ  / सिल्क ग्रुपका प्रिन्स दाहाल गोलबजारमा जारी योनेक्स सनराईज १० औ पुष्पलाल स्मृती राष्ट्रिय ¥यङ्किङ्ग ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् । प्रिन्सले राष्ट्रिय बरियतामा एक नम्बरमा रहेका सेनाका रत्नजित तामाङ्ग माथि २१।१४, १५।२१, २१।१ को जित निकाल्दै फाईनलमा स्थान बनाएका हुन् । प्रिन्सको रत्नमाथिको यो लगातार दोश्रो जित हो । लगातार आठ पटकका बिजेता रत्नलाई प्रिन्सलेले पराजित गरेका हुन् ।

यस अघि पनि प्रिन्सल् चौतारामा भएको सर्वाधिक रासीको प्रतियोगितामा पनि पराजित गरेका थिए । अव उनले फाईनमा उपाधीका लागि एपिएफका दिपेश धामीको सामना गर्नेछन् । धामीले सेनाका प्रफुल महर्जनलाई २१।१२, १८।२१, २१।१२ले पराजित गरे ।

राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र गोलबजार नगपालिका, सिराहाको संयुक्त आयोजनामा भएको प्रतियोगिताको महिला १२ बरियताको स्पर्धामा जेशिका गुरुङ्ग फाईनल प्रवेश गरिन् । एपिएफकी जेशिकाले भोजपुरकी पूर्व राष्ट्रिय च्याम्पियन तथा नम्बर एक खेलाडी नङ्गशल देवी तामाङ्गलाई २१।१३, २१।१५ ले पराजित गर्दै फाईनलमा हालकी राष्ट्रिय च्याम्पियन सेनकी रशिला महर्जनको सामना गर्ने भएकी छिन् । रशिलाले सेनाकै अमिता गिरी माथि २१।६, १८।२१, २१।१२ को जित निकालिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया