खैरहनी १० की गीता माझीको भरतपुर अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः५० बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए ।
उनको शव भरतपुर अस्पताल शवगृहमा राखिएको छ । यही जेठ १२ गते साँझ ४० वर्षीय श्रीमान् रामचन्द्र माझीले कोठामा बन्धक बनाई मलद्वारबाट लौरो घुसाएर सख्त घाइते बनाएका थिए ।
चिकित्सकका अनुसार गीताको यौनाङ्गको चार तह च्यातिएको थियो । उनमा दिसा पिसाब नरोकिने फिस्टुला, आन्द्रामा समस्या लगायतका स्वास्थ्य जटिलता उत्पन्न भएको थियो । घटनालगत्तै प्रहरीले उनका श्रीमान् रामचन्द्रलाई पक्राउ गरि सकेको छ ।







