भक्तपुरमा एक छोरीले आफ्नै आमाको ज्यान लिएकी छिन् । प्रेममा बाधक भएको भन्दै आफ्नै आमाकोज्यान लिन लगाउने ईश्वरी भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ ।
आफ्नै आमाको सिद्ध्याउन लगाएको आरोपमा उनलाई पक्राउ गरिएको अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिएका छन् ।
उनका अनुसार प्रेममा बाधक भएको निहुँमा आफ्नै आमाको ज्यान लिएको कारण इश्वरी सहित अन्य चारजनालाई पनि पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा इश्वरीका प्रेमी मोहमद नवशाद पनि रहेका छन् भने आपराध गराउनकै निम्ति भारतबाट बोलाइएका ‘कन्ट्रयाक्ट किलर’ भोला कुमार र मोहमद रहिसलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
इश्वरीकी आमा ६० वर्षीया सावित्री भट्टराईको आइतबार दिउँसो भक्तपुरको खरिपाटीमा घाँटी रेटी मारिएको थियो ।







