काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो

काठमाडौं / काठमाडौंमा भाडामा बस्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्न सरकारले आवेदन माग गरेको छ। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले सूचना जारी गरी आवेदन खुला गरेको हो।

काठमाडौं बाहिरबाट उपत्यकामा आएर स्नातक र स्नातकोत्तर तहमा अध्ययन गर्ने यी वर्गमा विद्यार्थीले आवेदन दिन सक्नेछन्।त्यस्तै, यस्तो सुविधा सरकारी र सामुदायिक शिक्षण संस्थामा अध्ययनरतले पाउने छन्। एलपी ग्यासको बढ्दो मूल्यको समस्यामा राहत पुर्‍याउन विद्युतीय चुलो उपलब्ध गराउन लागिएको हो।

विद्यार्थीहरूले आगामी असार ९ गते भित्रमा आवेदन दिइ सक्नुपर्नेछ। अनिवार्य रूपमा अनलाइन फाराम भरेर इमेलमा आएको टोकन नम्बर निवेदनमा समावेश गरेर केन्द्रमा बुझाउनुपर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया