देशभर बर्षा : कहिलेसम्म जारी रहन्छ, यसो भन्छन् मौसमविद् !

काठमाडौं । काठमाडौंसहित देशभर भारी वर्षा भएको छ । बुधबार दिउँसोदेखि भारी वर्षा सुरु भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

आज बिहान २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही र मधेश प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको थियो ।

मौसम विश्लेषण (Meteorological Analysis) हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल मौसमको अवस्था (Present Weather Status) हाल देशभर आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया