खलङ्गा, १८ असार/ जु’म्लाका सां’सद गजेन्द्रबहादुर महतको सां’सद विकास पू’र्वाधार को’षको आगामी व’र्षको सम्पूर्ण बजेट न’मूना स्याउ र ओखर ब’गैँचामा लगानी गरिने भएको छ । टु’क्रे यो’जनाले खासै परिवर्तन नहुने भन्दै सां’सद महतले ‘न’मूना बृ’हत् स्याउ तथा ओखर बगँैचा’ बनाएर पूरै बस्तीलाई नै समेट्ने गरी एक वर्षको सां’सद विकास पू’र्वाधारको सबै बजेट प्रयोग गरिने सां’सद महतले बताउनुभयो ।
बृह’त् ब’गैँचाका लागि कृषि क्षेत्र तथा प’शुपक्षी विज्ञ, कृषि अनुसन्धान विज्ञहरुसँग राय सल्लाहसमेत मागिएको छ । प्र’धानमन्त्री कृषि आ’धुनिकीकरण स्याउ सु’परजोन कार्यालयको सहजीकरणमा सु’परजोनसहित कृषि विकास कार्यालय, कृषि अनुसन्धान केन्द्र, उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठान, प’शुपालन तथा भे’टेरिनरी अ’स्पताल, खाद्य प्रविधि तथा गुण नि’यन्त्रण कार्यालय, भे’डाबाख्रा केन्द्र गु’ठिचौरका प्रमुखहरुको सहभागितामा बृ’हत् च’क्लाबन्दी बगैँचाका लागि कसरी अगाडि बढ्ने, प्रा’विधिक विषयहरु के के हुन् र कसरी सफल हुने भन्ने वि’षयमा छलफल गरिएको छ ।
यहाँको तातोपानी गाउँपालिकाको गौतमबाडादेखि डाँगीवाडासम्मको जमीनलाई घे’रबार, सिँचाइदेखि संर’क्षण गरी न’मूना उत्पादन क्षेत्र बनाइने सां’सद महतले जानकारी दिए ।छलफल कृषि अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरीले गुणस्तरीय क’लमी व्यवस्थापन, सिँचाइदेखि प्राविधिक विषयमा बढी ध्यान दिने हो भने स्याउ ब’गैँचा उत्तम हुने बताउनुभयो । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाले बगैँचा क्षेत्रको जग्गालाई २० वर्षका लागि लिजमा लिनुपर्ने, स्वा’दिष्ट र उ’न्नत जातको स्याउ रोप्नुपर्ने, ब’गैँचा क्षेत्रमा ‘एप्पल कटेज’ समेत योजना बनाइनुपर्ने सुझाव दिनुभयो ।
पशुसेवा तथा भेटरिनरी अस्पतालका प्रमुख गोविन्द महतले ब’गैँचा क्षेत्रमा पशुपालनको प्याकेज पनि थ’पे राम्रो हुने बताउनुभयो । खाद्य प्रविधि तथा गुण नि’यन्त्रण कार्यालयका प्रमुख अमित भुषण सुमनले स्याउका परिकार बनाउने कु’रामा लागनी आवश्यक रहेको बताउनुभयो । उच्च पर्वतीय कृषि अनुसन्धान प्रतिष्ठानका निर्देशक डा तीर्थ रिजालले जुम्ला प्रकृतिको वरदानका साथै कृषिको सम्भावित क्षेत्र भएकाले अनुसन्धानलाई जोड दिएर अगाडि बढ्न सूझाव दिनुभयो । उहाँले अहिले मार्सी धानको विकल्पमा चन्दननाथ १ को अनुसन्धान भइसकेको बताउनुभयो ।







