भारत विहार राज्यको मधुबनी जिल्लाको जयनगर स्थित रहेको कमला पूल उपर बाढीको पानी चढेपछि हजारौं सर्वसाधारण गाउँमै फँसेका छन् । धनुषा र सिरहाको सिमा भएर बग्ने कमला नदी भारतसम्म गएको छ ।
सो क्रममा नेपाल र भारतको बोर्डरमै रहेको जयनगर बजार स्थित कमला पूल माथिबाट पानी चल्न थालेपछि जनजीवन त्रासमय भएको छ ।
स्थानीयहरुमा भागमभाग भएको छ भने अहिले सम्म कुनै सुरक्षा निकायका व्यक्तिहरु नपुगेको बताइएको छ ।
नेपाल र भारतको बोर्डरमै रहेको कमला पूल उपर पानी चढेपछि जयनगर बस्ने एक युवक लेख्छन् , – “जयनगर कमला पुल के उपर से पानी जाना मतलब खतरा का संकेत।
आसपास के पंचायतों के गाऊ में हजारों लोग फंसे हुए है, अभी तक कोई बचाव दल या प्रशासन कोई बचाव कार्य और न ही राहत सामग्री पहुंचा पाया।
घटना हो जाने के बाद सांत्वना देने पहुंच जाएगा सभी नेता के साथ।
मै आसपास के लोगों से अपील करता हूं येक दूसरो का सभी सहयोग करे,धैर्य बनाए रखे सब ठीक होगा ।”

– अर्थात् कमलाको पूलमाथिबाट पानी चल्नु मतलब खतरोेका संकेत हो ।
आसापासका गाउँहरुमा हजारौ सर्वसाधारण फँसकेका छन् तर अहिलेसम्म कुनै बचाउ दल वा प्रशासनबाट कुनै बचाउको कार्य नभएको तथा अहिलेसम्म कुनै समाग्री समेत नपुरयाएको हो ।
घटना भएपछि सान्तावना दिन नेताहरु पुग्नेछ । म आसापासका सर्वसाधारणहरुलाई अपिल गर्न चाहन्छु की एकअर्कालाई सहयोग गरौ, धैर्य गएर बसौं, सब ठिक हुन्छ ।
जयनगरको पूल पारी रहेको भारतको कैयौं गाउँ डुबानमा परेर हजारौं सर्वसाधारणहरुमा त्रास फैलिएको छ ।
एक मात्र बाटो पूल भएको हुनाले जयनगर तर्फबाट राहत लिएर जान समेत कठिनाई हुने भएकोले समयमै प्रशासनले ध्यान भने दिएको छैनन् ।
कमलाको पूल माथिबाट पानी चल्नुको अर्थ खतराको घण्टी बजेको बताईएको छ ।







