काठमाडौं । चीन सरकारले सभा सम्मलेन गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाएर अनुदानमा हस्तान्तरण गरेको बानेश्वरस्थित संसद भवनको उचित रेखदेख र व्यवस्थापन गर्न नसक्दा हाम्रा विधायकहरुले कहिलेकाहीँ धुरुक्क हुनुपर्ने अवस्था छ ।
त्यहाँ पुग्दा खानेपानीको बोतल बोकेर शौचालयतिर कुद्नुपर्ने अवस्था रहेको एक माननीयले बताए । करिब २५ वर्ष पुरानो भवन । कतै भित्ता चर्केको त कतै पानीको पाइप फुटेको । तर, मर्मत सम्भार गर्नुपर्ने निकाय कामनमा तेल हालेर बसेको छ ।
संसद सचिवालयले वार्षिक १८ करोड भाडामा लिको सो भवनको रेखदेख गर्ने जिम्मेवारी सहरी विकास मन्त्रालय अन्तर्गतको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिको हो । जनआस्था साप्ताहिकबाट







