काठमाडौं असार १७ । बे’लायतका प्र’धानमन्त्री बो’रिस जो’न्सनले ३० लाख ह’ङकङका ना’गरिकलाई बे’लायतमा बसोबास र ना’गरिकताको लागि आ’वेदनको अधिकार दिइने बताएका छन् ।चीनले ह’ङकङका लागि ल्याएको रा’ष्ट्रिय सु’रक्षा कनुनपछि जो’न्सनले यस्तो घो’षणा गरेका हुन् । चीनको यो कानुनले ह’ङकङका ना’गरिकको स्व’तन्त्रताको उ’ल्लंघन भएको र आफ्नो स्व’तन्त्रता गु’माएका ना’गरिकलाई बे’लायतले स्वागत गर्ने उनले बताएका हुन् ।
करिब तीन लाख ५० हजार बे’लायती पा’सपोर्ट भएका र थप २६ लाख अन्य ह’ङकङका ना’गरिक पाँच वर्षका लागि बे’लायत आउन सक्ने जो’न्सनले बताएका छन् । त्यसपछि उनीहरुले ना’गरिकताको लागि आवेदन दिन सक्नेछन् । ह’ङकङमा बेला’यती पा’सपोर्ट बोक्ने मानिसहरुलाई सन् १९८० को दशकदेखि विशेष अधिकार दिइँदै आएको थियो । तर, अहिले यो सुविधा खोसिएको छ । त्यस्ता पा’सपोर्ट भएका ना’गरिकलाई केवल छ महिनाको लागि विना भिसा प्रवेशको मिल्नेछ ।
बे’लायतले ल्याएको नयाँ योजना अनुसार ह’ङकङका ना’गरिक वा उनीहरुमा नि’र्भर परिवारलाई पाँच वर्षका लागि बे’लायतमा बसोबास, का’म र प’ढ्न पाउ’ने अधिकार दिइनेछ । त्यसपछि उनीहरुले ना’गरिकताको लागि आवेदन दिनुपर्नेछ ।चीनले ल्याएको नयाँ नियम सन् १९८५ मा ब’लायतसँग गरेको सं’युक्त घो’षणाको उ’ल्लंघन रहेको जो’न्सनले बताएका छन् । सन् १९९७ मा बे’लायतले ह’ङकङ चीनलाई सुम्पिएको थियो ।
त्यसको ५० वर्षसम्म ह’ङकङका ना’गरिकलाई केही निश्चित अधिकार दिइने सम्झौता चीन र बेलायतको बीचमा भएको थियो । चीनले ल्याएको नयाँ नियमअन्तर्गत ह’ङकङबाट केही मानिस प’क्राउ परिसकेका छन् ।







