काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ६ हजार २०७ मत कटाएका अहिलेसम्म साह पहिलो स्थानमा छन् ।
दोस्रोमा एमालेका केशव स्थापित छन् । उनले ३२४३ मत प्राप्त गरेका छन् । सिर्जना सिंह तेस्रो स्थानमा छिन् ।
उनले २८८५ मत प्राप्त गरेकी छन् । काठमाडौं महानगरपालिकाको १, २, ३, ४ र ३२ नम्बर वडाको मतगणना भइरहेको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २ को मतगणना सकिंदै छ । श्रेष्ठले १ हजार ३४४ मत पाएका छन् । नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९०० मत पाएका छन् ।
एक सय मत गन्न बाँकी रहँदा नेकपा एमालेका वडा अध्यक्षका प्रत्यासी राजेन्द्र कुमार श्रेष्ठको जित सुनिश्चित भएको छ ।







