आलोक यादव , सिरहा , असार २९ गते । ईलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी भेश राज रिजालको क्षेत्रमा पर्ने केही खोलाले निकै ठुलो क्षेत्रमा क्षेती पुर्याएको छ। सो खोलाको बाढीले उक्त क्षेत्रका बस्ती डुवानमा परेका थिए ।
सो क्षेत्रमा डुवानका कारण स्थानीयहरु समस्यामा परे संगै डिएसपी रिजालले उद्दार तथा राहतमा निकै सक्रिय बनेकी थिइन् ।
ईलाका प्रहरी कार्यालय लहानका प्रमुखमा रहेको सक्रिय डिसपीले बिहानै देखि राती सम्म बाढी पीडित क्षेत्रमा अवलोकन गर्दै त्यस स्थानमा उद्दारका लागि अपनाउन सकिने उपायहरुका वारेमा छलफल गरेकी थिइन् ।
निकै बिपत्ति परेका वेला आफ्नो दुखमा सामेल हुनका लागि डिएसपी रिजाल लाई आफ्नो अगाडी देख्दा स्थानीयहरुले निकै राहत महसुस गरेको स्थानीय अनिल पासवान, सुरेश साह ,सरोज पासवान , सुनिता सदाय, सोभा खतबेले बताए ।








