यात्रुको चाप नभएपछि दसैंलाई अग्रिम टिकट खुलाइएन

फाइलफोटो

काठमाडौँ, ०३ असोज । कोभिड–१९ को जोखिम बढेसँगै यो पटक दसैंका लागि यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । यात्रु कम भएको र अहिले चलिरहेकै सवारीले चाप धान्ने भएपछि अग्रिम बुकिङ खोल्न आवश्यक नदेखिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

चाडपर्वको मुखमा यात्रु नभएर तनाव भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाको गुनासो छ । व्यवसायीले चाडबाडका बेला सोच्दै नसोचेको समस्या भोग्नुपरेको उनले बताए । सार्वजनिक सवारीमा भीड हुने डरले पारिवारिक रूपमा गाडी रिजर्भ गरेर घर जाने यात्रु बढी छन् । जिप, टाटासुमो, माइक्रो, ट्याक्सी र स्कोर्पियो रिजर्भ गरेर जाने धेरै छन् ।

यति बेला सवारी जाँचमा कडाइ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले बताए । विगतका वर्षमा घटस्थापनादेखि दैनिक ७५ हजारभन्दा बढी यात्रु बाहिरिन्थे । अहिले त्यो संख्या करिब २२ हजार मात्र रहेको उनले जानकारी दिए । आजको कान्तिपुर दैनिकमा अबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया