बालेनको मत झण्डै ४० हजार, केशव स्थापित सिर्जनाभन्दा पछि परे

८ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह -बालेन)ले झण्डै ४० हजार मत ल्याएर अग्रता कायम राख्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले एमाले उम्मेदवार केशव स्थापितलाई उछिनेकी छन् ।

आज बिहान पौने आठ बजेसम्मको नतिजा अनुसार सिर्जना सिंहले २२ हजार ७२ मत पाउँदा एमाले उम्मेदवार केशव स्थापितले २१ हजार ५७१ मत पाएका छन् । सिर्जना केशव भन्दा ५०१ मत अन्तरले अगाडि छिन् ।

स्वतन्त्र उम्मेदवार बालेन साह कांग्रेसकी सिर्जना सिंहभन्दा १६ हजार ९३४ मतले र एमालेका केशव स्थापित भन्दा १७ हजार ४३५ मत अन्तरले अगाडि छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया