काठमाडौँमा सवारी चलाउन अनिवार्य १० पास हुनुपर्ने !

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले चालकको शैक्षिक योग्यता तोकेर ‘सवारी तथा यातायात विधेयक–२०७५ ’ ल्याएको छ । नगरसभा द्वारा आइतबार पारित बिधेयकमा सवारी चालक र परिचालकलव न्युनतम दश कक्षा पास गरेको हुनु पर्ने उल्लेख गरिएको छ ।

हुन त सरकारले पनि यसको पहल नगरेको होइन । ०७१ सालमा सरकारले सवारी चालकको योग्यतामा एसएलसी पास हुनुपर्ने राखे पश्चात चौतर्फी प्रश्न उठ्न थाले ।

चालक बन्न १० पास अनिवार्य हुनु पर्दा नेता बन्नको शैक्षिक योग्यता कति त ? यस्ता प्रश्नहरु धेरै उठ्न थाले पछि तत्कालीन सरकार आफ्नो निर्णयबाट पछि हटेको थियो ।

महानगरले ल्याएको विधेयकको परिच्छेद ४ मा सवारी चालक र परिचालकसम्बन्धी व्यवस्था राखिएको छ । जसमा चालक हुन तोकिएका ५ योग्यता मध्ये ‘ख’ मा लेखिएको छ, ‘ न्यूनतम् दश कक्षासम्म उत्तिर्ण गरेको । ‘

 

फेसबुकबाट तपाईको प्रतिक्रिया