नास्टका वैज्ञानिकसहितको टोली सिसडोल जाँदै, दुर्गन्ध हटाउने उपायबारे पनि अध्ययन गर्ने

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिक डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाईं जोशी, काठमाडौं महानगरपालिकाको वातावरण विभाग प्रमुख सरिता राई, मेयर बालेन साहको सचिवालयमा रहेका फोहोर व्यवस्थापन विज्ञ इ. सुनिल लम्साल, अमृता पौडेलसहितको टोली आज मध्याह्न सिसडोल जान लागेको हो ।

सिसडोलबाट निस्किएको लिच्चड, पानीको स्रोत र ग्याँसको परीक्षणका लागि नमूना संकलन गर्नुका साथै फोहोरको दुर्गन्ध हटाउने उपायबारे अध्ययन गर्ने टोलीका सदस्य सुनिल लम्सालले जानकारी दिए ।

यसअघि जेठ २० गते मेयर बालेन साह र उपमेयर सुनिता डंगोलले सिसडोल क्षेत्रको भ्रमण गरी एक हप्ताभित्र दुर्गन्ध हटाउने प्रतिबद्धता जनाएका थिए । दुर्गन्ध हटाउन जैविक तत्व प्रयोग गर्ने तयारी छ । दुर्गन्ध हटाउने जैविक तत्व कति मात्रा प्रयोग गर्ने, कसरी प्रयोग गर्ने भन्नेबारे अमृता पौडेल नेतृत्वको टोलीले अध्ययन गर्ने लम्सालको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया