जाजरकोटमा कुटपिटबाट युवाको मृत्यु

जाजरकोट, ९ असोज | यहाँएक युवाको कुटपिटबाट मृत्यु भएको छ । कुशे गाउँपालिका–२ टालेगाउँका झलक सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहीवार सामान्य बादबिवाद हुँदा वडा नं २ टालेलेगाउँमा २२ वर्षीय अर्जुन सिंहको कुटाइबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एनबहादुर मल्लले बताउनुभयो ।

बिहीवार कुटपिटमा घाइते भएका सिंहलाई स्वास्थ्य सेवा कार्यालय उपचार गर्दा गदै आज दिउँसो साढे १ः०० बजे मृत्यु भएका मल्लले जानकारी दिनुभयो । आक्रमणमा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो । कुटपिट गर्ने सिंह अहिले फरार रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा टेलिफोन सम्पर्क नभएका कारण थप विवरण आउन नसकेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया