काठमाडौं । नेपालमै पहीलो पटक चक्लेट संस्कुतिको विकास गर्ने उदेश्यका साथ अन्तराष्ट्रिय स्तरकाे चक्लेट कम्पनी ‘द चक्लेट रूम’को उद्घाटन गरीएको छ ।
आज (बिहीबार) ललितपुरको पूल्चोकस्थित झम्सिखेलमा ‘द चक्लेट रूम’को उद्घाटन गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्य तथा नेपाली कांग्रेस नेता राजन केसीले चक्लेट ब्राण्ड नेपालमा विस्तार हुनु निकै खुसीको कुरा रहेको बताउँदै अहिले विश्वव्यापारीकरणको प्रभावले गर्दा नेपालमा पनि अन्तराष्टिय ब्राण्डहरु भित्रिन थालेको उल्लेख गरे । साथै उनले उक्त ब्राण्ड नेपालका अन्य क्षेत्रहरुमा पनि विस्तार होस् भन्दै शुभकामना व्यक्त गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै ‘द चक्लेट रुम’का सञ्चालक सौरभ बस्नेतले अरु चकलेट क्याफे भन्दा यो चक्लेट रुम फरक भएको बताउदै नेपालमा नयाँ चकलेट संस्कृति विकास गर्नु नै यसको मूख्य उदेश्य रहेको बताए । साथै उनले यसले अरुले भन्दा थप बढी फ्लेबरमा शुरुवातसँगै सेवा विस्तार गरिएको बताए ।
के हो चकलेट रुम ?
चक्लेट रुमको शुरुवात सन् २००६ मा सबैभन्दा पहिले अष्ट्रेलियाको भिक्टारियास्थित जीलङ भन्ने ठाउँबाट शुरु भएको थियो । त्यसयता विश्वव्यापी रुपमा आफ्नो प्रभाव जमाउदै चक्लेट बजारको दुनियाँमा यसले अग्रणी स्थान ओगट्न सफल भएको छ ।
चक्लेट रुमबारे मानिसहरुको निकै सकरात्मक प्रतिक्रिया रहेकाे यससँग सम्बन्धित व्यबसायीहरुले बताउने गरेका छन् । ग्राहकहरुले चक्लेट स्वाद लिईसकेपछि उनीहरु यसमा निकै रमाउँछन् । यसमा समावेश हुने पेय पदार्थ, स्वादिष्ट कफी, भोजन र थरीथरीको चकलेट सहितको आनन्दित वातावरणले ग्राहकहरुले यसलाइ निकै रुचाएको व्यबसायीको धारणा छ ।
यसमा अलवा चक्लेट रुम यतिमै मात्र सिमित भने छैन । यसले ग्राहकका लोकप्रियताका बाबजूद निरन्तर आफुलाई थप विकास गर्दै नयाँ ढँगले अगाडी बढाउने कोसिस जारी राखेको छ । विश्वव्यापी रूपमा यस ब्राण्डले हातैले बनाएको चक्लेटदेखि, चक्लेट सहितका पेय पदार्थ, चक्लेट खानाले ग्राहकलाई निकै स्वादिष्ट चकलेट चखाउदै आएको छ ।
हेर्नुहोस फोटोफिचरः












