कोरोना अपडेटः ३११ जना संमित थपिए, १२१ जना डिस्चार्ज, एकको मृत्यु

फाइलफोटो

काठमाडौं, १३ साउन । नेपालमा आज कोरोना भाइरस (कोभिड–१९) का तीन सय एघार जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले जनाकारी दिनु भयो । यसका साथै नेपालमा कुल संक्रमित संख्या १९हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा करिब पाँच हजार २ सय जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिएको थियो । जसमध्ये तीन सय एघार जनामा नयाँ संक्रमण पुष्टि भएको हो ।

प्रवक्ता गौतमले पछिल्लो चौबीस घण्टामा १२१ जना सङ्क्रमित निको भएर घर फर्केको बताउनुभयो । उहाँका अनुसार हालसम्म १३ हजार ८७५ जना निको भएर घर फर्केका छन् । हाल नेपालमा कोभिड–१९ का पाँच हजार १२९ जनामा सङ्क्रमण सक्रिय रहेको छ ।

त्यसैगरी आज कोरोना भाइरसको संक्रमणबाट थप एक जना व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा बझाङ बुंगल गाउँपालिका निवासी ६५ वर्षीय पुरुष रहेको स्वास्थ मन्त्रालयले जनाएको छ । मृतकको गत साउन ९ गते घरमा मृत्यु भएको थियो र पछि परीक्षणको नतिजा आउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । दमका समेत रोगी रहेका उनी गत असार २४ गते भारतको बैङ्गलोरबाट आएका थिए। उनी १४ दिनको क्वारेन्टिन बसाइपछि घर गएका थिए। तर गत साउन ९ गते उनको घरमा मृत्यु भयो। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया