अर्को वर्ष पनि विद्युत् शुल्क घटाउँछौँ : ऊर्जामन्त्री पुन

फाइल फोटो

काठमाडौँ, २८ असोज । ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले आगामी वर्ष पनि विद्युत् शुल्क घटाउने बताउनु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मंगलबार कार्यदलको पहिलो बैठकमा इतिहासमै पहिलोपटक चालु आवमा विद्युत् प्राधिकरणका घरेलु र औद्योगिक ग्राहकको शुल्क घटाइएको स्मरण गर्दै मन्त्री पुनले आगामी वर्ष थप सस्तोमा विद्युत् उपलब्ध गराइने उल्लेख गर्नुभयो ।

खिम्ती जलविद्युत् आयोजनाको ५० प्रतिशत शेयर स्वामित्व सरकारमा आएको र आगामी हिउँद भित्रै ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु हुने भएकाले सस्तोमा बिजुली दिन सकिने उहाँको भनाइ थियो ।

“खिम्तीको ५० प्रतिशत स्वामित्व सरकारको नाममा आएको छ, माथिल्लो तामाकोशीको उत्पादन आगामी हिउँदमै हुने भएकाले आगामी वर्ष फेरि विद्युत् महशुल घटाइन्छ”, बैठकमा मन्त्री पुनले भन्नुभयो । उहाँले वर्तमान सरकार गठन भएपछि ऊर्जा दशक कार्यक्रमअन्तर्गत घोषणा गरिएको १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य हासिल गर्ने गरी काम भइरहेको बताउनुभयो । नेपाल समाचारपत्रमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया