४ मंसिरमा चुनाव घोषणा भए आश्चर्य हुन्न : प्रमुख आयुक्त थपलिया

, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मन्त्रिपरिषद बैठकले मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा भए आश्चर्य नहुने बताएका छन् ।

आयोगले मंसिर २ को मिति उपयुक्त हुने परामर्श दिएको थियो । तर त्यो दिन शुक्रबार परेकाले दुई दिनपछि ४ मंसिर आइतबारमा गर्न सकिनेबारे प्रधानमन्त्री र मन्त्रीहरुसँग आयोगका पदाधिकारीको छलफल भएको थियो ।

‘अबको मन्त्रिपरिषद् बैठकले मंसिर ४ को मिति घोषणा भए आश्चर्य हुने छैन ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया