जीप दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु,१० जना गम्भिर घाइते

धादिङ । धादिङको गल्छी गाउँपालिका वडा नम्बर ६ स्थित बाँझगाउँमा  जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।  गल्छीको सिरुबानीबाट बैरैनी आउँदै गरेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको हो ।

मृत्यु हुनेमा ३२ वर्षीय सेते मिजार, ३८ वर्षीय राजु रम्तेल, ३० वर्षीय कान्छि भुजेल र गल्छी ६ कै ३५ वर्षीय नानु तामाङ रहेका छन् ।

उनीहरुलाई उपचारको लागि काठमाडौं लाने तयारी हुदै छ ।  थप विवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया