फरेन्सिक विज्ञले भने- धेरै डिभाइसमा ट्रान्सफर हुँदा अर्थ मन्त्रालयको सिसिटिभी फुटेज नबुझिने भयो

अर्थ मन्त्रालयको जेठ १४ गतेको सिसिटिभी फुटेज प्रहरीको विधि विज्ञान प्रयोगशालाबाट रिकभर भएको थियो। उक्त फुटेज प्रष्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो।मंगलबार अपरान्ह समितिले दुई जना फरेन्सिक विज्ञसँग सोधपुछ गरेको हो।

समिति सदस्यहरूले भिडिओको गुणस्तर किन कमजोर भएको हो? मिति पनि प्रष्ट नहुनुको कारण के हो? भनेर सोधेका थिए।विज्ञहरूले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएको समिति स्रोतले जानकारी दियो।

उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया