काठमाडौँ, पछिल्लो केहि समय देखि प्रधानमंत्री माथि निकै आलोचना भैरहेका छन् । सि.के राउत संगको सहमति अनि विप्लब प्रतिबन्धले उनलाई गाली नै गालीको कुवामा धकेलेको छ ।
हर कोहिको हर प्रकारका प्रश्न छन् । प्रधानमंत्री प्रेस सल्लाहकार कुन्दन अर्यालका अनुसार प्रधानमंत्री ओलीले आज आईतबार प्रतिनिधिसभामा बैठकमा सम्बोधन गर्दै यि सब प्रश्नका जबाफ दिने छन् ।
सी. के राउत सहमति र विप्लब प्रतिबन्ध मात्र नभएर सरकारले संसदमा पेश गरेको राष्ट्रिय सुरक्षा परिषदको काम कर्तब्य र अधिकारबारे व्यवस्था गर्न बनेको विधेयक बारे पनि विरोध भैरहेको छ । यसमा प्रधानमन्त्रीले आफुखुशी सेना परिचालन गर्नेगरी विधेयक ल्याइएर निरंकुश बन्न खोजेको भन्दै यसलाई सच्याइनु पर्ने आवाज उठेको छ ।
संसदमा आज बस्ने बैठकमा प्रधानमंत्री ओलीले सरकारले गरेका काम कारवाही र निर्णय बारे पछिल्लो समयमा संसदमा उठ्दै आएका हरेक प्रश्नको जवाफ दिन लागेका छन् ।