काठमाडौं । भोजपुर सदरमुकाम नजिकै रहेको शनिबारे हटियामा बुधबार बिहान प्रहरी र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच भिडन्त हुँदा २ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुका अनुसार बिहान साढे आठ बजे विप्लवका कार्यकर्ताले प्रहरीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरीङ गरेको थियो ।
प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार भिडन्तमा प्रहरी जवान सञ्जिव राई र विप्लवका ओखलढुंगा जिल्ला इञ्चार्ज निरकुमार राईको घटनास्थलमै मृत्यु भएको छ ।
घटनापछि भोजपुरको स्थिति सामान्य रहेपनि स्थानीयबासी भने त्रसित बनेका छन् ।







