सांसदलाई ६ करोड दिनु भ्रष्टाचारको अभ्यास हो : प्रदिप पौडेल !

फाइल फोटो

काठमाडौँ, सोमबार नवलपुरमा पत्रकारहरु संग कुराकानी गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट नै राष्ट्रिय गौरवको आयोजना बनाउनुपर्ने बताएका छन् ।

उनले सांसदलाई दिने रकमलाई बास्केट फ्रन्ट बनाएर राष्ट्रिय गौरवको आयोजनामा खर्च गर्नुपर्ने र सांसदलाई ६ करोडका दरले बजेट दिनु भ्रस्टाचारलाई बढावा दिनु भएको बताएका छन् ।

उनले भने, ‘ सांसदलाई ६ करोड दिनु भनेको भ्रष्टाचारको अभ्यास हो । ‘ वडा, गाउँ/नगरमा जनप्रतिनिधि हुँदा हुँदै केन्द्रका सांसदलाई योजना छानेर बजेट दिइराख्नुपर्ने अवस्था नभएको पनि उनले बताएका छन् ।

साथै उनले आफुले कांग्रेस केन्द्रीय समितिमा अब बस्ने बैठकमा सांसदले पाउने रकम र तलबभत्ताले कोष बनाउन प्रस्ताव लैजाने पनि बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया