काठमाडौं, १४ कार्तिक। नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक कार्तिक २१ गते शुक्रबार दिनको १ बजे बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
‘पार्टीको आगामी १४ औं महाधिवेशनको तयारीका सन्दर्भमा हुने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थितिका लागि निर्देशनानुसार अनुरोध गरिन्छ । ’ विज्ञप्तिमा उल्लेख छ ।








