गरिब किसानप्रति निकै निमर्म देखियो काँग्रेस : सचेतक चाैधरी !

काठमाडौँ, गुठी विधेयकका बारेमा कांग्रेसले गरेको भ्रमपूर्ण प्रचार गरेक भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एवं संसदीय दलको सचेतक शान्ता चाैधरीले नेपाली कांग्रेस गरिब किसानहरूप्रति अत्यन्तै निर्मम देखिएको बताउनु भएको छ ।

उहाँले यसरी कांग्रेसको असलियत प्रष्ट भएको पनि बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘ नेपाली कांग्रेस गरिब किसानप्रति यति धेरै निर्मम छ भन्ने मलाई लागेको थिएन तर सत्य त त्यहि रहेछ । म फेरि पनि जोड दिएर भन्न चाहन्छु गुठी विधेयक तुरुन्तै आओस र सदियौं देखि जोत भोग गर्दै आएका भुमिहिन किसानले न्याय पाउन सकुन । ‘

उहाँले सामाजिक संजाल फेसबुक मार्फत यस सम्बन्धमा आफ्नो धारणा राख्दै एक पोस्ट लेख्नु भएको छ । उहाँको पोस्ट जस्ताको तस्तै :

गुठी विधेयकका बारेमा विशेष गरि काठमाण्डौ उपत्यकाका जनतालाई वास्तविकता बुझाउने सबालमा कमजोरी रहन गयो । धर्म संस्कृतिलाई मास्ने गरि विधेयक पारित गर्न खोजियो भन्ने भ्रम छर्ने र जनतालाई उत्तेजित पार्ने शक्ति सक्रिय बन्यो ।वास्तविकता नितान्त फरक थियो । कसैलाई नेपालको राजनीति धमिलो बनाएर आफ्नो स्वार्थ पुरा गर्न पर्ने थियो त कसैलाई झुठो प्रचार गर्दै जनतालाई भड्काएर आफ्नो पक्षमा लिन पर्ने थियो । यद्यपि उपत्यकाका सवालमामा विधेयकको कुन दफा हटाउँदा र के थप्दा सरोकार वालाको चित्त बुझ्छ सोही अनुसार परिमार्जन गर्न तयार रहेको कुरा स्वयं भुमि व्यवस्था मन्त्रीले प्रतिबद्धता गर्नु भएको थियो । गुठी विधेयक फिर्ता होईन परिमार्जनले गरिब किसानलाई पनि न्याय दिन सकिने र धर्म संस्कृतिमा खलल हुन नदिने गरि कानुन बन्ने थियो । नेपाली कांग्रेस गरिब किसानप्रति यति धेरै निर्मम छ भन्ने मलाई लागेको थिएन तर सत्य त त्यहि रहेछ । म फेरि पनि जोड दिएर भन्न चाहन्छु गुठी विधेयक तुरुन्तै आओस र सदियौं देखि जोत भोग गर्दै आएका भुमिहिन किसानले न्याय पाउन सकुन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया