काठमाडौं । नयाँबानेश्वरस्थित संसद भवनको पर्खालसँगै फुटपाथमा ढाक्ने गरी काँडेतार राखिएपछि आलोचना भएको थियो । आज बिहान भने ती काँडेतार हटाएर फुटपाथ खाली गराइएको छ ।
‘संसद भवनको रेखदेख शहरी विकास मन्त्रालयले गर्छ,’ सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले भने, ‘उहाँले काँडेतारबारे गम्भीर चासो लिनु भएको थियो । काँडेतार राख्न जरुरी छैन भन्ने उहाँको भनाइ थियो । आज हामी संसद भवन आउँदा काँडेतार हटाएको देख्यौं ।’
काठमाडौं महानगरपालिका पछिल्ला दिनमा फुटपाथमा व्यापार गर्नेहरुविरुद्ध आक्रमक बन्दै ठेलागाडा, साइकल र सामान जफत गरिरहेको बेला संसद भवनअघिकै फुटपाथमा काँडेतार राखिएपछि सरकारको आलोचना भएको थियो ।