राष्ट्रिय जनता पार्टीको संयोजकमा राजेन्द्र महतो

राजपाले मंगलबार बसेको बैठकले पार्टी संयोजकको दायित्व राजेन्द्र महतोलाई सुम्पेको छ । पार्टी एकता पछी संयोजकको स्थानमा महन्त ठाकुर आउनुभएको थियो । आज बसेको बैठकले पार्टीको विधानअनुसार नै अबदेखि अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।

सुरुमा दुई–दुई महिनामा संयोजक परिवर्तन गरिने बताए पनि लामो समयसम्म ठाकुरले संयोजकको पद सम्हाल्दै आउनु भएको थियो । आज बसेको बैठकले पार्टीको विधानअनुसार नै अबदेखि अध्यक्ष मण्डलको नेतृत्व चक्रीय प्रणालीमा सञ्चालित गर्न बहुमतबाट निर्णय भएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो ।

यस्तै पार्टी एकीकरणका बेला निर्वाचन आयोगमा बुझाइएका केन्द्रीय समितिको सूचीलाई मात्रै आधिकारिक मान्ने र त्यसपछि पार्टी संगठनमा भएको सबै प्रकारको नियुक्ति तथा मनोनयन रद्ध गर्ने निर्णय पनि आजको बैठकले गरेको महासचिव झाले बताउनुभयो ।

साथै बैठकले पार्टीको सक्रीय सदस्यता वितरण मंसिरसम्मका लागि बढाउने निर्णय पनि आजको बैठकले गरेको छ । आजको बैठकले सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिन सक्ने भनेर हेरिएको भए पनि सरकारका बारेमा भने कुनै निर्णय नभएको महासचिव झाले बताए

फेसबुकबाट तपाईको प्रतिक्रिया