केपी ओलीका बिश्वास पात्र प्रेम आलेले शेरबहादुरलाई हाले भोट

काठमाडौँ / नेकपा एमालेभित्र अहिले ओलीको क्याम्प छोडेर शेरबहादुर देउवालाई बिश्वासको मत दिने आठ सांसदको चर्चा छ । त्यो भन्दा धेरै चर्चा प्रेमबहादुर आलेको छ । उनी पूर्व वन मन्त्री समेत रहेका नेता तथा डोटीबाट चुनाव जितेका सांसद हुन् । पछिल्लो समय पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि भीम रावल कार्यदलमा सक्रिय भएर पार्टी विवाद समाधानको लागि लागिपरेका थिए । तर रावल ओलीसँगै लहसिए र पार्टी कार्यवाहक अध्यक्ष बन्ने लोभमा कित्ता नै परिवर्तन गरे ।

रावलको अस्वभाविक युटर्न देखेर नेता नेपालले पनि गठबन्धनका नेताहरुलाई रावलले धोका दिएपनि आफूसँग ओली पक्षधर केही सांसदहरु आउने दाबी गरेका थिए । नभन्दै देउवालाई विश्वासको मत दिने बेला ओली पक्षधर ८ जना सांसदले माधव नेपाललाई साथ दिएका थिए । यी ८ जनामध्ये प्रेम आलेले देउवालाई विश्वासको मत दिएको विषयले तरंग पैदा भएको छ । आले सुदुरपश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । उनी डोटीका सांसद हुन् ।

आलेलाई सांसद बनाउनमा नेता नेपालको ठूलो हात छ । उनी नेपाल पक्षकै सांसद थिए । तर, सुदुरपश्चिममा भीम रावलको हालीमुहाली भएपछि उनले नेपाललाई छोडेर अध्यक्ष ओलीसँग लाईन मिलाएका थिए । नभन्दै उनी ओली सरकारमा वनमन्त्री पनि भए । अहिले ओलीसँग रावल नजिकिएपछि उनले ओलीको साथ छोडेको चर्चा चलेको छ । कतिसम्म भने नेपाल पक्ष पनि वर्तमान सरकारमा सहभागी भए आलेलाई पनि मन्त्री बनाईने चर्चा रहेको समाचार रिपोटर्स नेपालमा छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया