काठमाडौँ, १७ फागुन :समाजमा बोक्सी हुदैँनन, यसमा विश्वास गर्नुहुदैँन भन्ने सन्देश दिनका लागि सामाजिक अभियान चलीरहेको बेलामा देशको राजधानी काठमाडौँमा नै बोसीको आरोपमा महिलालाई यातना दिइएको छ ।
न्यूरोडमा डेरा गरेर बस्ने दोलखा तामाकोशी गाउँपालिका-४ रश्मी उपरकोटीआफ्नो बच्चालाई सञ्चो नभएको भनेर मातालाई देखाउन भीमसेनस्थानमा कविता श्रेष्ठकोमा पुगेकी थिईन् ।
आफुलाई माता बताउने कविता श्रेष्ठले बच्चाको आमालाई नै बोक्सी भएको आरोप लगाइ रातिसम्म राखेर तातो पन्यूले डामियो साथै कविताले बोक्सी होस् भनेर कुटपिट गरेको, यातना दिएको पनि खुल्न आएको छ ।
बोक्सीको आरोप लागेर आफुमाथि अन्याय भएपछि रश्मी प्रहरीको साहरामा गईन् । शरीरको विभिन्न स्थामा डामिएकी रश्मी हाल काठमाडौँमा रहेको विर अस्पतालमा उपचाररत छन् भने आफुलाई माता बताउने कविता श्रेष्ठ प्रहरीको हिरासतमा रहेकी छन् ।
उनलाई प्रहरीले बोक्सी अभियोगमा अदालतबाट म्याद थप गरेर अनुसन्धान गरिरेहको बताएको छ।