काठमाडौँ : सोमबार साथीको घर गएकी एक युवती मृत फेला परेकी छिन् ।
बझाङको बुंगल नगरपालिका-२ ताडकाबगरमा सोहि नगरपालिका २ की २० बर्षीया ललीता कुमारी धामी मङ्गलबार सो अवस्थामा फेला परेकी हुन् ।
सोमबार साथीको घर जान्छु भन्दै निस्किएकी ललीतालाई ट्रिपरले ठक्कर दिएको हुनसक्ने भन्दै स्थनीयले २ वटा ट्रिपर तोडफोड गरेका छन्।
महेन्द्र उच्च मावि कक्षा १२ मा अध्ययनरत उनी साथीको घर बाट बेलुकी घर जान्छु भनि हिँडेको खुल्न आएको प्रहरीले जनाएको छ।
घटना भएको सूचना पाएलगत्तै यसबारे अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक जनक धामीले जानकरी दिए।
युवतीका आफन्तले सत्यतथ्य छानविन गरि दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।







