रवि लामिछानेप्रति लक्षित गर्दै शंकर पोखरेलको टिप्पणी : निश्चित पेशामा चर्चित हुँदैमा राजनीतिमा योग्य भइन्न

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै पेशा वा व्यावसायमा सफल हुँदैमा राजनीतिक योग्यता नहुने बताएका छन् ।

टेलिभिजन प्रस्तोता रवि लामिछानेप्रति लक्षित गर्दै पोखरेलले लेखेका छन्, ‘निश्चित पेशा वा व्यावसायमा सफल वा चर्चित हुनु राजनीतिका लागि स्वतः योग्य हुनु होइन’, पोखरेलले लेखेका छन् । लामिछानेले मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका छन् ।

महासचिव पोखरेलले भने राजनीतिमा योग्य हुन त्यसैमा समर्पित हुनुपर्ने उल्लेख गरेका छन् । ‘राजनीतिमा योग्य हुन त्यसमै समर्पित हुनुपर्दछ’, पोखरेलले लेखेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया